परराष्ट्र मामिला प्रवचन हुने
काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रोफेसर यदुनाथ खनाल प्रवचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
परराष्ट्र नीति, कूटनीति र नेपालको राष्ट्रिय हितका महत्त्वपूर्ण विषयहरूमा प्रोफेसर यदुनाथ खनालले पुर्याउनुभएको योगदानको कदर स्वरूप वहाँको स्मरणमा प्रवचन आयोजना गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रवचन शृङ्खलाको पहिलो संस्करण २०७९ साल जेठ २४ गते मङ्गलवार तदनुसार ७ जुन २०२२ मा काठमाडौँमा आयोजना गरिने छ ।
प्रत्येक वर्ष आयोजना गरिने प्रवचन नेपालको राष्ट्रिय हित एव अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने परराष्ट्र नीति, कूटनीति जस्ता विषयसँग सम्बन्धित शीर्षकमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहित परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्तिहरू, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने उक्त श्रृंङ्खलाको पहिलो प्रवचनमा बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक प्रोफेसर डा.सूर्यप्रसाद सुवेदीले foreign Policy of Nepal Past, Present and Future विषयमा प्रवचन दिनुहुने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्