भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका पदम बोगटी निर्वाचित हुनुभएको छ । मेयरमा निर्वाचित बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गर्नुभएको भीमदत्त नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश प्रसाद पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, भीमदत्त नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका निलम जोशी निर्वाचित हुनुभएको छ । उहाँले १२ हजार २ सय १६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण दत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धामीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्