घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
चितवन । चितवनमा आज दिउसो बाघको आक्रमणमा परेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ की फूलकुमारी बोटे रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनी दिउसो २ बजे सोही वडाको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघको आक्रमणमा परेकी थिइन् । आक्रमणमा परेको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय निकुञ्जको हात्ती सहितको टोलीले आज अपराह्न ५ बजे आक्रमण स्थलभन्दा ७०० मिटर पर उनको शव फेला पारेको हो ।
उनको शवलाई सुरक्षित स्थानमा ल्याई मुचुल्का लगायतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्