गौरीगङ्गाको मेयरमा माओवादीका कँडेल निर्वाचित
धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका देवीदत्त कँडेल निर्वाचित हुनुभएको छ ।
अन्तिम मत परिणाम अनुसार कँडेलले १३ हजार ७९५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम सिंगालले ६ हजार ६३२ मत प्राप्त गर्नु भयो ।
उपमेयरमा नेपाली काँग्रेसका भोजबहादुर बम ११ हजार २८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका शान्तिदेवी सिंहले ६ हजार ७४३ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्