विराटनगर महानगरपालिकाको प्रमुखमा काँग्रेसले अग्रता कायमै
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले अग्रता कायम गरिरहेको छ ।
मतगणना गरिएको आज साँझ सम्मको परिणाममा महानगरको प्रमुखमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका नागेश कोइराला २० हजार ७ सय ९५ मत प्राप्त गर्नु भएको छ भने, उहाँलाई नेकपा एमालेका सागरकुमार थापाले १५ हजार ४ सय ३४ मतका साथ पछाई रहनु भएको छ ।
त्यसैगरि महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले १७ हजार ८ सय ७९ मतका साथ अग्रता कायम गरिरहनु भएको छ भने, उहाँले जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १० हजार ३ सय ९४ मत ल्याएर पछाई रहनु भएको छ ।
महानगरपालिकामा ८९ हजार ६ सय मत खसेकोमा अहिले सम्म ६४ हजार २ सय ८० मत गणना भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्