मुगुका चार वटै स्थानीय तहको मत गणना सम्पन्न, एमाले एक उपाध्यक्षमा सीमित
मुगु । मुगुमा रहेका ४ वटा स्थानीय तहको मत गणना गर्ने कार्य सम्पन्न भएको छ ।
छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा मतगणना कार्य सम्पन्न भएको हो ।
मत गणनासँगै अघिल्लो अघिल्लो स्थानीय निर्वाचनमा एक गाउँपालिका अध्यक्ष ३ उपाध्यक्ष र १८ वडामा जित हासिल गरेको नेकपा एमाले यो स्थानीय चुनावमा १ उपाध्यक्ष र १६ वडामा खुम्चिएको छ ।
नेपाली काँग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख उपप्रमुख सहित ६ वडामा विजयी भएको छ भने, खत्याड गाउँपालिकामा उपाध्यक्ष सहित ३ वडामा जित हासिल गर्नुका साथै सोरु गाउँपालिकामा उपाध्यक्ष सहित ४ वडा र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष सहित ५ वडा जित हासिल गरेको छ ।
नेकपा एमालेले छायाँनाथ रारा नगरपालिकामा ७ वडा, खत्याड गाउँपालिकामा ३ वडा, सोरु गाउँपालिकामा २ वडा र मुगु कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष सहित ४ वडा हात पारेको छ ।
यता नेकपा माओवादी केन्द्रले छायाँनाथ रारा नगरपालिकाका कुनै वडा जित हासिल गर्न सकेन अघिल्लो चुनावमा २ वडा जितेको थियो । त्यो पनि यो चोटि गुमायो । नगरपालिकामा समाजवादी र माओवादीको गठबन्धन थियो भने एमाले, काँग्रेस अलग अलग लडेका थिए ।
खत्याड गाउँपालिकामा पालिका अध्यक्ष सहित ५ वडा र सोरु गाउँपालिकामा २ वडा जितेको माओवादीले मुगुम कार्मारोङ्ग गाउँपालिकामा खाली हात बस्नु परेको छ ।
नेकपा एकिकृत समाजवादीले नगरपालिकामा १ वडा अध्यक्ष, सोरु गाउँपालिकामा १ अध्यक्ष जित हासिल गरेपनि यहाँ कुनै वडा जित्न सकेन भने खत्याड र मुगुम कार्मारोङ्गमा पनि समाजवादीले खाली हात रहनु परेको छ ।
सोरु गाउँपालिकामा काँग्रेसबाट टिकट नपाउँदा असन्तुष्ट भएका स्वतन्त्र उम्मेदवारी दिएका २ जना र समाजवादीबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका १ जना वडा गरी ३ जना स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
पालिका अनुसार निर्वाचित प्रमुख उपप्रमुख हर्दा छायाँनाथ रारा नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखमा विष्णु कुमार भाम र ऐश्वर्य मल्ल निर्वाचित हुनु भएको छ उहाँहरूको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर बहादुर रावल र टोमा लामा हुनुहुन्थ्यो । उहाँ सत्तारुढ दलहरू मध्य माओवादी र नेकपा एसको चुनावी गठबन्धन थियो भने काँग्रेस एक्लै लडेको थियो ।
खत्याड गाउँपालिका अध्यक्षमा अज बहादुर शाही नेकपा माओवादी केन्द्र र सरिता रोकाया नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनु भयो यहाँ माओवादी र काँग्रेसको गठबन्धन थियो भने समाजवादी बाहिर थियो । गठबन्धनको निकटतम प्रतिस्पर्धीमा एमालेका लाल बहादुर मल्ल र उपाध्यक्षमा एमाले कै कविता गिरी हुनुहुन्थ्यो ।
सोरु गाउँपालिकामा माओवादी, काँग्रेस र समाजवादीको गठबन्धनबाट समाजवादीका धर्म बहादुर शाही अध्यक्षमा र काँग्रेसका केशरजंङ्ग शाही उपाध्यक्षमा निर्वाचित हुनुभयो । यहाँ पनि गठबन्धनका प्रतिस्पर्धी एमाले नै थियो । एमालेबाट अध्यक्षका उम्मेदवार डिल्ली प्रसाद भट्ट र उपाध्यक्षमा डिलकली मल्ल निकटतम प्रतिस्पर्धीमा रहे ।
उता मुगुम कार्मारोङ्ग गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीबीच गठबन्धन थियो । काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नु भएका छिरिङ्ग क्याप्ने लामा र एमालेबाट उपाध्यक्षकी उम्मेदवार छिरिङ्ग फुटिक लामा विजयी हुनु भयो । उहाँहरूका निकटतम प्रतिस्पर्धी माओवादीबाट उपाध्यक्षका उम्मेदवार गुरु स्याङ्गग्याप लामा र एमालेबाट अध्यक्षका उम्मेदवार सोनाम लामा रहनु भएको थियो ।
सबै स्थानीय तहको निर्वाचन परिणाम आएसँगै काँग्रेसले नगरप्रमुख १, पालिका अध्यक्ष १, नगर उपप्रमुख १ र पालिका उपाध्यक्ष २ गरी ५ पद जितेकाले आगामी समन्वय समितिमा काँग्रेसको एकल बहुमत पुग्ने देखिएको छ । एकल बहुमत पुगेपनि सत्ता गठबन्धन भएकाले सल्लाहमा नै समन्वय समितिको निर्वाचनमा काँग्रेस प्रस्तुत हुन्छ की सत्ता साझेदार दलहरूलाई समेटेर जान्छ त्यो भने हेर्न बाकी छ ।








प्रतिक्रिया राख्नुहोस्