पर्सामा १० पालिकाको परिणाम घोषणा, वीरगंजसहित ४ पालिकाको मत गणना हुँदै
वीरगंज । पर्साका १४ पालिकामध्ये १० वटा पालिकाको निर्वाचन परिणाम घोषणा भई सकेको छ । आज पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकाको निर्वाचन परिणाम घोषणा भएको छ ।
घोषित १० पालिका मध्ये काँग्रेसले ३, एमाले ३, जसपाले ३ र लोसपाले १ स्थानमा विजयी हासिल गरेका छन् भने उपप्रमुखमा नेपाली काँग्रेसले ५, एमालेले ५ स्थानमा विजयी हासिल गरेका छन् ।
घोषित परिणाम अनुसार पोखरीया नगरपालिकाको नगरप्रमुख मा ५ हजार ३२४ मत ल्याई नेकपा एमाले का प्रदुमन प्रसाद चौहान विजयी हुनु भएको छ भने उपप्रमुखमा पनि नेकपा एमालेकी रुविकुमारी ठाकुर ले ५१९५ मत ल्याई विजयी हुनु भएको छ ।
उता पर्साको बहुदरमाइ नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) विजयी हुनुभएको छ ।
बहुदरमाईको अन्तिम मत परिणाम अनुसार, मेयरमा सिंहासन साह तेली ६ हजार ४ मतका साथ निर्वाचित हुनु भएको छ । तेलीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिव पटेलले ५ हजार ६ सय ५८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी तेस्रो स्थानमा निवर्तमान मेयर समेत रहनु भएका काँग्रेसका उम्मेदवार नितेन्द्र साहले ५ हजार ५ सय १६ मत प्राप्त गर्नुभयो ।
बहुदरमाईको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुष्मा कुमारी कुशवाहा ६ हजार ४ सय ४० मतका साथ निर्वाचित हुनु भएको छ । साहले निकटतम प्रतिस्पर्धी काँग्रेसकी सोनामति देवी यादव रहनु भएको र उहाँले ५ हजार ५ सय २५ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी जगरनाथपुर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका श्री कान्त यादव ले अग्रता कायम गर्नु भएको छ ।
अहिले पर्साको बीरगंज महानगरपालिका सहित सखुवा प्रसौनी, छिपहरमाई गाउँपालिकामा मत गणना जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्