काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा गठबन्धनबाट काँग्रेस विजयी
बागलुङ । काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजु थापा निर्वाचित हुनुभएको छ । थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल बहादुर कार्कीले ६ हजार ३ सय ८३ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक निर्वाचित हुनुभयो । विजयी थापाले ६ हजार ७ सय १२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका कोपिला पुनले ६ हजार ४ सय ४७ मत ल्याउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच स्थानीय तहको निर्वाचनमा बागलुङको बडिगाड गाउँपालिकामा काँग्रेसकी गण्डकी अधिकारी थापा विजयी हुनुभएको छ । विजयी थापाले ७ हजार २ सय ७३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ७ सय मत प्राप्त गर्नुभयो । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुनुहुन्छ ।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी हुनुभएको छ । विजयी वनले ७ हजार १ सय ३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी मीनकुमारी रायमाझीले ५ हजार ७ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्