तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाका ७ पालिकाको मत परिणाम आउँदा ५ स्थानीय तहमा कांग्रेस विजयी

बर्दिया । बर्दियाका ८ स्थानीय तह मध्ये ७ स्थानीय तहको अन्तिम मत परिणाम आएको छ । ८ वटा पालिका रहेको बर्दियामा बढैयाताल गाउँपालिका बाहेक आज बिहान सम्ममा ७ पालिकाको मत परिणाम सार्वजनिक भएको हो । बढैयाताल गाउँपालिकामा मतगणना चलिरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण बहादुर कुवरले बताउनु भएको छ । हाल सम्म ५ वटा पालिकामा नेपाली कांग्रेस विजयी भएको छ  । 

बर्दियाको मधुबन नगरपालिकाको प्रमुख, उपप्रमुखमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार लक्ष्मी प्रसाद शर्मालाई पराजित गर्दै नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार  तेज बहादुर भाट विजयी हुनु भएको छ  । ८ हजार ७ सय ७५ मत प्राप्त गरी  भाट विजयी हुनु भएको छ । माओवादी केन्द्रका लक्ष्मी प्रसाद शर्माले ७ हजार ९ सय ३१ मत मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसकी उप प्रमुखमा अनिता चौधरीले ८ हजार ३ सय ३५ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम माओवादी केन्द्र सुभद्रा थारु ७ हजार ८ सय ९९ मत प्राप्त गर्नु भएको छ । 

बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेसका छबिलाल थारुले १३  हजार ६ मत प्राप्त गरी विजयी हुनु भएको छ  भने एमालेका  पदम प्रसाद ढकालले १० हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसकी उप प्रमुखमा रत्न कुमारी पाण्डेले १२ हजार ४ सय ९१ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम एमालेकी नारायणी चौधरीले १० हजार ८ सय ५५ मत प्राप्त गर्नु भएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । नेपाली काँग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८ सय १८ मत ल्याउनुभयो । उपमेयरमा नेकपा एमालेका विना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याउनुभयो ।

बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका मुक्तिनाथ यादवले ७ हजार ९ सय ८९ मत ल्याई विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८ सय ११ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसकी सावित्री गौतमले  ८ हजार २ सय ७  मत ल्याई नगरप्रमुखमा विजय हुनुभएको छ भने, नेकपा एमालेकी टिका कुमारी शम्सेली मगरले ७ हजार ४सय ६२ मत प्राप्त गर्नु भएको छ । 

बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका जमानसिंह केसी विजयी भएका हुनु भएको छ  केसीले ७ हजार ६ सय ९८ मत प्राप्त गर्नु भएको छ ।  नेकपा माओवादीका  विश्व बहादुर थारुले ६ हजार ६ सय २० मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष पदमा काँग्रेसकी लक्ष्मी कुमारी चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी लीला चौधरीले ६ हजार ५ सय ८३ मत प्राप्त गर्नु भएको छ । 

बर्दियाको राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी हुनु भएको छ । माओवादी केन्द्रका दीपेश थारुले ९ हजार ८सय ७ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका दिपक जङ्ग शाहले ९ हजार ७ सय ६० मत गर्नु भएको छ । उपप्रमुख पदमा माओवादी केन्द्रकी मनकला चौधरीले १० हजार ८६ मत प्राप्त गरी नेपाली काँग्रेसकी यशोदा थारुलाई पराजित गर्नु भएको छ ।  काँग्रेसकी थारुले १० हजार ४५ मत प्राप्त गर्नु भएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजय भएको छ  । नेकपा एमालेका खडक बहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजय हुनुभएको छ ।  खड्काले १० हजार ९ सय ४७ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओवादी केन्द्रका भवन कुमार थारुले  ९ हजार ७ सय ६३ प्राप्त गर्नु भएको छ । उपप्रमुख पदमा एमालेकी इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गर्नु भएको छ । माओवादीकी भूमि बिटालुले ८ हजार २ सय ३८ मत प्राप्त गर्नु भएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button