अछामको मङ्गलसेनमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

अछाम । अछाम सदरमुकाम रहेको मङ्गलसेन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
कांग्रेस (एकीकृत समाजवादी) को गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका पदम बहादुर बोहरा नगर प्रमुखमा विजयी हुनुभयो । उपप्रमुखमा पनि नेकपा एमालेका सङ्गीता रावल सोडारी विजयी हुनुभयो ।
२०७४ मा नगर प्रमुखमा विजयी बोहराले यो पटक दोस्रो कार्यकालका लागि ५ हजार ७३७ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नम बहादुर शाहीले ५ हजार २ मत प्राप्त गर्नुभयो । शाही नेपाली कांग्रेस अछामका पूर्व सचिव तथा हाल महासमिति सदस्य हुनुहुन्छ ।
नगर उपप्रमुखमा नेकपा एमालेका सोडारी ५ हजार ७१९ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका बम बहादुर रावलले ३ हजार ३७ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमै नेकपा माओवादी केन्द्रका लोगबहादुर बोगटीले ४१५ मत प्राप्त गर्नुभयो ।
१४ वडा रहेको मङ्गलसेनमा नेकपा एमालेले १० वडामा नेकपा एमाले र ४ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्