दाङको गढवामा माओवादी केन्द्रका पोखरेल विजयी

दाङ। दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल (विश्वास) निर्वाचित हुनुभएको छ । पोखरेलले ६९०९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सर्वजित डीसीले ६१६७ मत प्राप्त गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित हुनुभएका नेकपा एमालेका उम्मेदवार सहजराम यादव भने यस पटकको निर्वाचनमा पराजित हुनुभयो । यादवले ४१३१ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा भने नेपाली काँग्रेसकी उम्मेदवार शारदा चौधरी निर्वाचित हुनुभयो । उहाँले ५१८१ मत पाउनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीताकुमारी चौधरीले ४ हजार ८३० मत पाउनुभयो ।
माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुभएकी एकीकृत समाजवादीकी शान्ति चौधरी भने पराजित हुनुभयो । उहाँले ४११२ मत मात्र पाउनुभयो । उहाँ२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष चुनिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्