तपाईँ सुन्दै हुनुहुन्छः

हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका बिरेन्द्र माझी बिजय

राजबिराज ।हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमतका मेयर पदका उम्मेदवार बिरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का मेयर पदका उम्मेदवार शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् । साह निवर्तमान मेयर हुन ।

त्यस्तै, उपमेयर जसपाकी उम्मेदवार सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button