तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ नगरपालिकामा काँग्रेसका श्रेष्ठ विजयी

बागलुङ। बागलुङ नगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ। नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर जनकराज पौडेललाई ५ हजार ५ सय २१ मतको फराकिलो अन्तरले श्रेष्ठले पराजित गर्नुभएको हो। श्रेष्ठले १२ हजार ८ सय ५ मत प्राप्त गर्दा पौडेलले ६ हजार २ सय ८४ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै उपमेयरमा गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित हुनुभएको छ। खड्का १० हजार ९ सय ९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ६ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको छ।

अघिल्लो निर्वाचनमा १४ मध्य ११ वडा जितेको एमाले यस पटक ३ वटा वडामा सिमित भएको छ। यस पटक नेपाली काँग्रेसले ७, नेकपा एमाले ३, नेकपा एकिकृत समाजवादी २, नेकपा माओवादी केन्द्र १ र स्वतन्त्र १ वडामा विजयी भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button