ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका श्रेष्ठ र थापा विजयी
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा पुनः राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा पुनः गिनु थापा मङ्गलवार बिजयी हुनुभएको हो ।
अध्यक्षमा विजयी श्रेष्ठले ३ हजार ३३५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमाले हरिराज कँडेलले २ हजार ७९२ मत पाउनुभयो ।

त्यसैगरी उपाध्यक्षमा गिनुमाया थापाले ४ हजार ४२९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुप्रसाद थापाले ३ हजार ४८९ मत पाउनुभयो ।
ऋषिङ गाउँपालिकाको ८ वटा वडामध्ये नेपाली काँग्रेसले २,३,४,५ र ६ जितेको छ । ऋषिङ्ग–१ नेकपा माओवादी केन्द्रले जितेको छ भने ऋषिङ ७ र ८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्