सुर्यविनायक नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा पुनः एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
नगरपालिकाको वडा नं. ५ कटुन्जेको मतगणना जारी रहँदा नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तथा निवर्तमान नगर प्रमुख वासुदेव थापाले अग्रता कायम गर्नुभएको छ ।
वडा नं.४ सम्मको मत गणनामा काँग्रेसका ढुङ्गेलको अग्रता रहेको थियो । पछिल्लो मत परिणाम अनुसार एमालेका थापाले ७ हजार १ सय ५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार निशान ढुङ्गेलले ६ हजार ९ सय ९९ मत पाउनुभएको । पछिल्लो पटक थापा र ढुङ्गेल बिचको मतान्तर १ सय ६ रहेको छ ।
यसअघि वडा नं. १ को अन्तिमसम्म अग्रता कायम गरेका थापालाई १, २, ३, ४ को मत गणना सम्पन्न हुँदासम्म नेपाली काँग्रेसका ढुङ्गेलले उछिन्नुभएको थियो ।
त्यसैगरी उपप्रमुख पदकी एमालेका सरिता भट्टराईले पनि अग्रता कायम गर्नुभएको छ ।
भट्टराईले ७ हजार १ सय ९५ मत पाउनुभएको छ भने उहाँको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ४ हजार १ सय ३२ मत ल्याउनुभएको छ । भट्टराई र बस्नेतको मतान्तर ३ हजार ६३ रहेको छ ।
यहाँका १० वटा वडा मध्ये २, ३, ४मा काँग्रेसले जितेको छ भने वडा नं.१ मा एमालेले जितेको छ ।








प्रतिक्रिया राख्नुहोस्