तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

जनकपुरधाम  । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदमा नेपाली काँग्रेसका अध्यक्ष भोगेन्द्र मिश्रले ३ हजार ७ सय ६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम जनता समाजवादी पार्टीका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४ सय ९७ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार फूल कुमारी यादवनीले ३ हजार ६ सय २८ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विमला कुमारी यादवले ३ हजार ४ सय ६० मतप्राप्त गर्नुभएको छ । 

लक्ष्मीनिया गाउँपालिकाको ७ वडा मध्ये ५ वडामा नेकपा एमाले र एक ÷एक वडामा नेपाली काँग्रेस निर्वाचित भएको छ । 

हालसम्म धनुषामा सार्वजनिक भएको चार गाउँपालिका मध्ये दुई वटा काँग्रेस, १ वटामा जनता समाजवादी पार्टी र एक वटामा नेकपा एमाले निर्वाचित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button