सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा माओवादी केन्द्र विजयी

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी, कांग्रेस र समाजवादीका साझा उम्मेदवार माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकी ७ हजार ४ सय ६६ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत प्राप्त गर्नुभएको छ । बुढाथोकीले पुनलाई २ हजार ७ सय ४६ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको हो ।
पुन २०७४ को स्थानीय चुनावमा बुढाथोकीलाई पराजित गरी मेयर पदमा निर्वाचित हुनुभएको थियो । पाँच वर्षपछि पुन बुढाथोकीबाट फराकिलो मतान्तरले पराजित हुनुभएको छ ।
यस्तै, उपमेयरमा पनि साझा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमाले र स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले ४ हजार १ सय ८० मत ल्याउनुभएको छ ।
१२ वडा रहेको नगरपालिकामा वडा न १ नेपाली कांग्रेसका थुम बहादुर विसी, २ न वडामा माओवादी केन्द्र मानबहादुर खत्री, ३ न वडामा माओवादी केन्द्रका धनबहादुर पुनमगर, ४ न वडामा एमाले पुष्कर बुढा, ५ न वडामा माओवादी पिउमले खत्री, ६ न वडामा एकीकृत समाजवादी गणेश विसी, ८ न वडामा माओवादी कुलबहादुर पुरी, ९ न वडामा रुद्र परियार, १० न वडामा एमाले मोते घर्ती, ११ न वडामा माओवादी केन्द्र बिरबहादुर बुढामगर १२ न वडामा नेपाली कांग्रेस लालबहादुर घर्ती र ७ न वडामा माओवादी केन्द्रका जीवन सिँह ठकुरीले बिजयी हासिल गर्नुभएको छ ।
बनगाड कुपिण्डे नगरपालिका जम्मा २० हजार ९९६ मत मध्य १४ हजार २०८ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्