स्वर्गद्धारी नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी
प्यूठान । प्यूठानको स्वर्गद्धारी नगरपालिकामा सत्ता गठवन्धनका उम्मेदवार विजयी भएका छन् ।
स्वर्गद्वारी नगरपालिकाको प्रमुखमा र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
स्वर्गद्वारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका टेकप्रसाद भण्डारी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मिनराज राना मगर विजयी हुनुभएको हो ।
प्रमुख पदमा भण्डारीले सात हजार ७२६ मत प्राप्त गर्दा एमालेका रामप्रसाद श्रेष्ठले पाँच हजार १५२ मत प्राप्त गर्नुभयो । यस्तै उपप्रमुख राना मगरले सात हजार ३७७ मत प्राप्त गर्दा नेकपा एमालेकी गौरी बरापातेले पाँच हजार २६ मत प्राप्त गर्नुभयो ।
प्युठानमा अहिलेसम्म दुई नगरपालिकासहित ६ स्थानीय तहको निर्वाचन मतगणना परिणाम सार्वजनिक भइसकेको छ । झिम्रुक गाउँपालिका, नौवहिनी गाउँपालिका र गौमुखी गाउँपालिकाको मतगणना कार्य भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्