तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको पाटनमा गठबन्धन विजयी : प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी

बैतडी  । बैतडीको पाटन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६८६९ मत सहित विजयी हुनुभएको छ  । 

रावल नेकपा एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी हुनुभएको हो । भण्डारीले ५२९० मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा कमलसिंह बोहराले एमालेका हरु भट्टलाई पराजित गर्दै विजय हासिल गर्नुभएको छ बोहराले ५७५१ मत ल्याउदा भट्टले ५४२७ मत ल्याएकाछन् । पाटनमा कांग्रेस माओवादी, नेकपा(एस)को गठबन्धन थियो भने एमाले एक्लैले प्रतिस्पर्धा  गरेको थियो । पाटनका वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएकाछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button