तपाईँ सुन्दै हुनुहुन्छः

फालेलुङ गाउँपालिका अध्यक्षमा काँग्रेसका थाम्सुहाङ विजयी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वीर विक्रम थाम्सुहाङ निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार जय प्रकाश केरुङलाई ३ हजार १ सय ५८ मतले पछि पार्दै थाम्सुहाङ विजयी हुनुभएको हो । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार थाम्सुहाङले ५ हजार ७ सय ७९ मत प्राप्त गर्दा केरुङले २ हजार ६ सय २१ मत प्राप्त गर्नुभयो ।

पालिका उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्र हाङ जवेगु विजयी हुनुभएको छ । नेकपा एमालेकी सुजता बान्तवालाई २ हजार ३ सय ३९ मतले पछि पार्दै जवेगु विजयी हुनुभएको हो । जवेगुले ५ हजार २ सय १४ मत प्राप्त गर्दा बान्तवाले २ हजार ८ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button