तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको गलकोट १ मा जनमोर्चाका राना विजयी

बागलुङ । बागलुङको गलकोट नगरपालिका–१ मा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना विजयी हुनुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका साझा उम्मेदवार राना १ हजार १ सय ६ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर कार्कीले ३ सय ७५ मत प्राप्त गर्नुभयो ।

वडा अध्यक्षमा रानासँगै गठबन्धन प्यानलबाटै खुल्ला महिला सदस्यमा धना खत्री, दलित महिला सदस्यमा चित्राकुमारी सुनार, खुल्ला सदस्यमा पूर्ण बहादुर खत्री र भीम बहादुर थापा विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button