तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै, १६ पालिकामा मतगणना जारी

जनकपुरधाम ।  धनुषाका विभिन्न पालिकाहरूमा मतगणना भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना आज बिहान ४ बजेबाट सुरु भएको छ ।

उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका बागी एवं स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले २ सय ५८ मत सहित अग्र स्थानमा रहनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साह हिराले १०५ मत सहित दोस्रो स्थानमा तथा स्वतन्त्र उम्मेदवार बलराम महतोले ६२ मत ल्याउनु भएको छ ।

यसै गरी उपप्रमुख पदमा नेपाली काँग्रेसका किशोरी साहले १ सय ६२ मत सहित पहिलो तथा नेकपा एमालेका उम्मेदवार रुना झाले ४६ मत सहित दोस्रो र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २६ मत सहित तेस्रो स्थानमा रहनु भएको छ ।
धनुषामा रहेका १८ पालिका मध्ये ३ वटाको मतगणना सुरु भएको छ भने अन्यको मतगणना सुरु गर्ने क्रममा रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनु भएको छ ।  

यसै गरी धनुषाको विदेह नगरपालिकाको पछिल्लो मतगणनाको विवरण प्राप्त भएको छ ।विदेह नगरपालिकाको मेयर नेकपा एमालेका उम्मेदवार वेचन दासले २२७ मत सहित पहिलो, नेकपा एकीकृत समाजवादीका राज किशोर रोहिता यादवले ११४ मत सहित दोस्रो नेकपा माओवादी केन्द्रका दुखी मण्डलले ७० सहित तेस्रो स्थान रहनु भएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिनु भएको छ ।

यसै गरी विदेह नगरपालिकाको उपप्रमुख पदका नेकपा एमालेका उम्मेदवार आशा झाले २२७ सय  मत, नेकपा एकीकृत समाजवादीका सम्झना अधिकारीले १३२ मत सहित दोस्रो र नेपाली काँग्रेसका सीमाकुमारी महतोले ७० मत ल्याउनु भएको छ ।
यसै गरी जनकनन्दनी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार रामदिनेश पंजियारले १ सय ९१ मतसहित अग्र स्थानमा रहनु भएको छ भने नेपाली काँग्रेसका उम्मेदवार सुरेश चौधरीले १ सय ८९ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा रिता झाले २ सय ७ मत ल्याएर अग्रता दिनु भएको छ भने नेपाली काँग्रेसका कमला सहगलले १ सय ८० मत ल्याउनु भएको निर्वाचन अधिकृत ठूलो बाबु दाहालले जानकारी दिनु भयो ।

यसै बीच धनुषाको १८ पालिका मध्ये अहिलेसम्म १६ पालिकाको मतगणना सुरु भएको छ भने मिथिला विहारी र मुखियापट्टीमा सर्वदलीय बैठक जारी रहेको मधेस प्रदेशका निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button