धनुषामा ६६ प्रतिशत मतदान
जनकपुरधाम । धनुषा जिल्लामा ६६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा रहेका केही मतदान केन्द्रमा पाँच बजेभित्र प्रवेश गरेकाहरुले अहिले पनि मतदान गरिराख्नु भएकाले यो प्रतिशत बढ्न सक्ने मधेश प्रदेशका निर्वाचन कार्यालयका प्रमुख समेत रहनुभएका श्रीधर पन्थीले जानकारी दिनुभयो ।

हावा हुरीसंगैको वर्षाका कारणले कतिपय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएका कारणले वर्षा रोकिएपछि मतदाताहरू ठूलो सङ्ख्यामा मतदान केन्द्रमा आएका कारणले अहिले पनि कतिपय मतदान केन्द्रमा मतदान भइरहेको छ ।
मतदान केन्द्रमा प्रवेश गरेका सबै मतदाताले मतदान नसकेसम्म मतदान नरोकिने प्रमुख पन्थीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्