आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गर्नुभएको छ । एक भिडियो सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधिबाट शासन सञ्चालन गर्नु भएको उल्लेख गर्नुभएको छ ।
आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले निर्वाचनले राज्य शक्तिको वास्तविक स्रोत जनता हुन भन्ने सत्यलाई व्यवहारमै प्रकट गर्ने सन्देशमा उल्लेख गन्नुभएको छ ।
समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घर दैलोसम्म पुर्याउने विशेष अवसरका रुपमा निर्वाचनलाई ग्रहण गर्नु पर्ने भन्दै राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वतन्त्र निष्पक्ष र भयरहित भएर हरेक नागकिरहरुले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्वाण गर्नु हामी सबैको दायित्व भएको भन्दै यस दिशामा सबैलाई लाग्न आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्