उत्तरी आयरल्यान्डबारे एकपक्षीय रूपमा कुनै पनि परिवर्तन नगर्न बर्लिनको बेलायतलाई आग्रह
बर्लिन। जर्मनीका चान्सलर ओलाफ सोल्जले मंगलबार बेलायतलाई उत्तरी आयरल्याण्डमा ब्रेक्जिटपछिको कडा संघर्षरत व्यापारिक व्यवस्थामा ‘एकपक्षीय’ परिवर्तन नगर्न आग्रह गर्नुभएको छ ।
सोल्जले बर्लिनमा सञ्चारकर्मीहरूसँग भन्नुभयो,“कसैले पनि एकपक्षीय रूपमा सम्झौता तोड्नु हुँदैन वा हामीले सहमति जनाएको प्रबन्धलाई कुनै पनि हालतमा परिवर्तन गर्नु हुँदैन ।
बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रोले उक्त अबसरमा आफूहरूको सन्देश निकै प्रष्ट भएको र सबैले सहमति गरेको कुरालाई कसैले एकलौटी रूपमा तोड्नु गलत हुने बताउनुभयो ।
ब्रेक्जिछपछि उत्तर आयरल्याण्डमा गरिने आर्थिक गतिविधिलगायतका बिषयलाई लिएर बेलायत र अन्य यूरोपेली मुलुकहरूबीच भिन्न मतहरू आएका छन् ।एएफपी








प्रतिक्रिया राख्नुहोस्