तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

डडेलधुरा । डडेलधुरामा मदिरा बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय डडेलधुराले जिल्लाभर मदिराको बिक्री वितरण र ओसार–पसार तथा सेवनमा पूर्ण रूपमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको प्रशासनले जनाएको छ ।

एक सूचना जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सोमबारदेखि निर्वाचन परिमाण घोषणा नहुन्जेलसम्म मदिरा बिक्री वितरण र सेवनमा पूर्ण रूपमा रोक लगाइएको प्रजिअ जोशीले जनाउनुभएको छ ।

यदि कसैले सोको विपरीत गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button