दाङबाट अत्याधुनिक हतियार तथा गोली गठ्ठा बरामद
काठमाडौँ । प्रहरीले दाङमा अत्याधुनिक हतियार फेला पारेको छ। बेवारिसे अवस्थामा फेला पारेका हतियार तथा गोली गठ्ठा नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्ताले छोडेर भागेको प्रहरीले जनाएको छ ।
दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न लागिएको अत्याधुनिक हतियार छाडेर विप्लव नेतृत्व समूहका कार्यकर्ताहरु भागेका हुन् । प्रहरीले निरन्तर निगरानीमा राखेको र छापा हान्न प्रहरी पुगेको सूचना पाउनासाथ विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।
प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका–१ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ थान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको साहले जानकारी दिनुभयो । सुटकेशभित्र पात पतिङ्गरले छोपेको अवस्थामा एसएमजी राइफल भेटिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्