द्विपक्षीय रूपमा सुरक्षा सूचना आदान प्रदान गर्ने निर्णय
सुनसरी । भारतको अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटसँग सुनसरी र मोरङ प्रमुख जिल्ला अधिकारीको बैठकले द्विपक्षीय रूपमा सुरक्षा सूचना आदान प्रदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको द्विपक्षीय बैठकले कानूनी व्यवस्था कार्यान्वयनको लागि सहकार्य गर्ने, आउँदो बाढीको संयुक्त रूपमा व्यवस्थापन गर्ने, आवश्यकता अनुरूप निरन्तर थप बैठक/छलफल गर्ने, मतदान स्थलमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि सीमा सिल गर्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी अधिकारी इन्द्रदेव यादवले बताए ।
सुनसरीको ३ वटा स्थानीय तहसँग जोडिएका नेपाल र भारतका सीमा क्षेत्र निर्वाचनलाई लक्षित गर्दै ७२ घण्टा अगावै सिल गर्ने निर्णय सुनसरी प्रशासनले गरेको हो ।

सीमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन, जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढङ्गले अगाडी बढिने र सीमा क्षेत्रमा हुने गैर कानुनी क्रियाकलाप प्रभावकारी रूपमा नियन्त्रण गरिने जानकारी यादवले दिए ।
उनले औषधी/उपचार लगायतका अत्यावश्यक कार्य बाहेक ओहोरदोहोर गर्न नमिल्ने गरी बोर्डर सिल गर्ने निर्णय गरिएको बताए ।








प्रतिक्रिया राख्नुहोस्