चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज दमौली आउँदै

तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँको दमौली आउने कार्यक्रम रहेको छ ।
स्थानीय तहको निर्वाचन लक्षित गरी पार्टीले देशैभर तय गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीसमेत रहनुभएका देउवा शनिबार दमौली आउन लागेको नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवासँगै पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत दमौलीमा हुने चुनावी सभामा सम्बोधन गर्न आउन लाग्नुभएको हो ।
काङ्ग्रेसले तनहुँका ४ स्थानीय तहको प्रमुख÷उपप्रमुखमा तालमेल गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्