तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी चीनमा पाइलअपमा ५ जनाको मृत्यु, ३ जना घाइते

हेफेई। पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दिउँसो १:५० बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आकस्मिक उपचारपछि अर्का एक जनाको मृत्यु भएको थियो ।

घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button