सल्यानमा रुखबाट लडेर वृद्धाको मृत्यु
सल्यान । सल्यानमा रुखबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका ९ मेलटाकुरीकी ७१ वर्षीय लती बोहराको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधबार बिहान बारीमा घाँस काट्न गएकी बोहरा लडेर घाइते हुनुभएको थियो । घाइते उहाँको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्