धनगढी: संयुक्त गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक
धनगढी । धनगढी उपमहानगरपालिकामा चुनावी तालमेल गरेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र, संयुक्त गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै संयुक्त गठबन्धनले आज धनगढीमा पत्रकार सम्मेलन गरी चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
भ्रष्ट्राचार नगर्ने सङ्कल्प गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन, कृषि, रोजगार लगायतका योजना तथा नीति कार्यक्रममा समेटिएका छन् ।
धनगढी उपमहानगरको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृप बहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रका शान्ति कुमारी अधिकारी उम्मेदवार छन् ।
यसैगरी मेयरमा नेकपा एमालेबाट रणबहादुर चन्द र उपमेयर कन्दकला राना थारु उम्मेदवार छन् । साथै, मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि चुनावी मैदानमा छन् ।







प्रतिक्रिया राख्नुहोस्