तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम वायुको प्रभाव: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।

यही प्रभाव रहँदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ । कतिपय स्थानमा छिटफुट वर्षसमेत भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदी रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

रातिको समयमा पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ८ र न्यूनतम तापक्रम १५ दशमलव ५ रहेको छ । बितेको २४ घण्टामा काठमाडौँमा ५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धरानमा १५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण 

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। 

हाल मौसमको अवस्था 

देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।

२०७९ वैशाख १९ गते (सोमबार) 

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि बदलि रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश,  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  

२०७९ वैशाख २० गते (मंगलबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २१ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश,  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button