तपाईँ सुन्दै हुनुहुन्छः

युरो कप छनौट : रोनाल्डोले ह्याट्रिक पोर्चुगलले निकाल्यो शानदार जित

एजेन्सी। युरो छनोटमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले पोर्चुगलले लिथुनियामाथि ६–० को शानदार जित निकालेको छ ।

बिहिबार राति घरेलु मैदानमा प्रभावशाली जित निकाल्दै पोर्चुगल युरोछनोटको नजिक पुगेको हो । यो संगै रोनाल्डोले पोर्चुगलका लागि ९८ अन्तराष्ट्रिय गोल गर्न सफल रहे ।

३४ बर्षका रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् ।

पोर्चुगलका लागि उनले नवौ ह्याट्रिक समेत पुरा गरेका छन् । उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् ।

सातौं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए । एफोन्सो फर्नान्डेसले ५२ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए ।

मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरे । बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । । त्यसको दुई मिनेटपछि रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button