नेपाललाई दक्षिण एसियाकै पूर्ण प्रेस स्वतन्त्रता भएको मुलुकको रुपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै पूर्ण प्रेस स्वतन्त्रता भएको मुलुकको रुपमा विकसित गर्नु पर्ने बताउनुभएको छ ।
सातौँ राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता कायम गर्दै मुलुकलाई समृद्धिको बाटो तर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
बैठकले यो वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘ लोकतन्त्रको आधारशिला: व्यावसायिक र जिम्मेवार पत्रकारिता” तय गरेको छ ।
बैठकले राष्ट्रिय पत्रकारिता दिवसलाई हर्ष उल्लासका साथ मनाउन सम्पूर्ण सञ्चार जगतलाई आग्रह समेत गरेको छ ।
गोरखापत्रको स्थापना को मितिलाई आधार मानेर २०७३ वैशाख २४ गते देखी यो दिवस मनाउन थालिएको हो ।








प्रतिक्रिया राख्नुहोस्