बैतडीमा एसइई परीक्षामा ५ हजार ४ सय ३१ विद्यार्थी सहभागी
बैतडी । माध्यमिक शिक्षा परीक्षा(एसइई)मा बैतडी जिल्लाका २५ वटा परीक्षा केन्द्रमा झन्डै साढे पाँच हजार विद्यार्थीहरू सहभागी भएका छन् ।
जस अन्तर्गत २ हजार ७ सय ८९ छात्रा र २ हजार ६ सय ४२ जना छात्र परीक्षामा सम्मीलित भएका हुन् ।
बैतडी जिल्लाका १ सय २८ वटा माध्यमिक विद्यालयका कूल ५ हजार ४ सय ३१ विद्यार्थीहरू शान्तिपूर्वक परीक्षामा सहभागी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थी बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्