तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्समा बाढी र पहिरोबाट ११५ को मृत्यु

फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरूले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरूले थप जानकारी दिएका छन् ।  
यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र  धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण  दशौं हजारलाई विस्थापित भएका छन् ।
 कैयौँ मानिसहरू अझै हराइरहेका छन् । हराइरहेका ती मानिसहरू  मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button