प्रभातफेरीको आयोजना गरी सुनसरीमा मनाइयो विद्युत् सुरक्षा दिवस’

सुनसरी । विद्युतीय दुर्घटनाबाट जोगिन र सचेत रहन आव्हान गर्दै नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रले ‘विद्युत् सुरक्षा दिवस’ मनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण र विद्युतीय सुरक्षाका लागि जनचेतना अभिवृद्धि तथा सन्देश प्रवाह गराउने उद्देश्यले प्रभातफेरीको आयोजना गरी ‘विद्युत् सुरक्षा दिवस’ मनाएको हो ।

‘बिद्युत् दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिद्युत्को सदुपयोग गरौँ’ भन्ने मूल नाराका साथ प्रभातफेरीको आयोजना गरिएको थियो ।
विद्युत्को काम सकियो, स्विच बन्द गरौँ जस्ता विभिन्न जनचेतनामूलक प्लेकार्डसहितको र्यालीले बजारको विभिन्न भाग परिक्रमा गरिएको थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रका प्रमुख रामउदगार साह, प्रशासन प्रमुख भीम प्रसाद गन्गाई, सुपरभाइजर सिकेन्द्र महतो, महेश चौधारी सम्पूर्ण कर्मचारी लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्