तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर निधन

ताप्लेजुङ। गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु¥याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button