तपाईँ सुन्दै हुनुहुन्छः

अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको छ : नेता पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरूमध्ये माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी हुने बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता पुनले स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रले एक्लैले दुई सय पालिका प्रमुखमा जित हासिल गर्ने बताउनुभयो । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको भन्दै नेता पुनले खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर नपरेका समेत बताउनुभयो । 

उहाँले आफूहरू गठबन्धनको विरोधी नभए पनि सबै स्थानमा नभई कमजोर स्थानमा मात्रै गठबन्धन हुने स्पष्ट पार्नुभयो । 

अग्रगामी एजेण्डा, विचार, राजनीतिलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उहाँले आफ्नै बलबुतामा आफूहरूले पुनः श्रेष्ठता हासिल गर्ने दाबी समेत गर्नुभयो । 

उहाँले दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधानको मूल मर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेण्डा नभएपछि अन्य राजनीतिक दलको तेजोबोध गर्न लागिपरेको समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button