तपाईँ सुन्दै हुनुहुन्छः

झम्सिखेलद्वारा  श्री कुमारी पराजित  

ललितपुर ।  सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत मङ्गलवार भएको खेलमा झम्सिखेल युथ क्लबले  श्री कुमारी क्लबलाई २ – १ गोलले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा, श्री कुमारी क्लबका आरुष सिंहले खेलको २६ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै  श्री कुमारी क्लबलाई अग्रता दिएका थिए । 
 

झम्सिखेल युथ क्लबका आशिष कपालीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै झम्सिखेललाई खेलमा फर्काएका थिए । 

बराबरी उन्मुख रहेको खेलको अतिरिक्त समयमा  अविरल रिजालले उत्कृष्ट गोल गर्दै झम्सिखेललाई खेल २ – १ गोल अन्तरले जिताएका थिए  । 

खेलको ‘म्यान अफ द म्याच’ झम्सिखेलका कप्तान सुलभ थापा घोषित भएका थिए ।  

जितसँगै झम्सिखेल १० खेलमा ९ अंक जोडेर लिगको  तेह्रौ स्थानमा छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button