पोलमा मोटरसाइकल ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ३ बस्ने बर्ष २७ को तौखिन मिकरानी र बर्ष २६ को मकबुल लहेरी रहेका छन् ।
सोमवार कबिलासी नगरपालिका वडा नं. १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किँदा मोटरसाइकल चालक मिकरानी र मोटरसाइकलको पछाडि सवार लहेरी गम्भीर घाइते भएका थिए । घाइते मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा ज्यान गएको छ भने लहेरीको थप उपचारको लागि वीरगंज लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
मृतक मिकरानीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने लहेरीको शव अहिले वीरगंजमा नै रहेको डिएसपी बुढाथोकीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्