तपाईँ सुन्दै हुनुहुन्छः

विआरआई अन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेश मन्त्रीलाई एमालेको आग्रह

काठमाडौँ । नेकपा (एमाले) ले बीआरआई अन्तरगतका आयोजनाहरूलाई निरन्तरता दिन र छिटो भन्दा छिटो ती आयोजनाहरूको कार्यान्वयनका लागि चीन सरकारलाई आग्रह गरेको छ ।

चीनका विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीसँग आज भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकासका लागि बीआरआइ अन्तरगतका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनाहरूको छिटो कार्यान्वयनका लागि चीन सरकारलाई आग्रह गर्नुभएको हो । 

भेटका अवसरमा चीनसँगका नाकाहरू खुल्ला गर्न, कोरोनाका कारण चीन जान नपाएका एमबिबिएस अध्ययनरत विद्यार्थीहरूलाई सहज रुपमा चीन जाने वातावरण मिलाइदिन अध्यक्ष ओलीले आग्रह गर्नुभएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

त्यस अवसरमा विदेश मन्त्री वाङले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको नेता डा. भट्टराईले जानकारी दिनुभयो ।

कोरोना महामारीका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिइएको नेता डा. भट्टराईले उल्लेख गर्नुभयो ।

भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button