तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ’

तम्घास । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताउनुभएको छ ।

फाइल तस्बिर

गुल्मीमा आज एकीकृत समाजवादीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरू कलम चिह्न लिएर अघि बढेको उल्लेख गर्नुभयो ।

गुल्मीको सन्दर्भमा उहाँले एमाले बाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button