तपाईँ सुन्दै हुनुहुन्छः

विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा विज्ञहरूको जोड

काठमाडौं । नेपालले चीनसँग विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड्दिनुपर्ने कूटनीतिक क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।

विगतमा नेपालले पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा चीनबाट प्राप्त गरेको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने विषयलाई महत्वका साथ उठाउनु पर्ने विषयमा उहाँहरूले जोडदिनु भयो ।

आपसी विश्वासलाई थप सुदृढ बनाउँदै दुई पक्षीय सम्बन्धलाई अघि बढाउनु उच्चस्तरीय भ्रमणको महत्त्वपूर्ण पक्ष भएको पूर्व परराष्ट्र सचिव एवं कूटनीतिज्ञ दिनेश भट्टराईले बताउनुभयो । विगतका सम्झौताहरूको कार्यान्वयन र परियोजनाहरूलाई आपसि हितमा प्रयोग गर्ने विषय द्विपक्षीय वार्तामा उठाउनु पर्ने कूटनीतिज्ञ भट्टराईले उल्लेख गर्नुभयो ।

नेकपा एमालेका विदेश विभाग प्रमुख एवं कूटनीतिज्ञ डा. राजन भट्टराईले छिमेकी मुलुक चीनको सम्पन्नताबाट विश्वका धेरै मुलुकले सहयोग लिएर आफ्नो आर्थिक विकास र सम्पन्नतामा फाइदा गरिरहेको अवस्थामा नेपालले भने अपेक्षित फाइदा दिन नसकिरहेकोले चीनबाट थप सहयोग लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सम्झौता भएका आयोजनाको प्रभावकारी कार्यान्वयन र चीनसँगको नाका खोल्ने विषयलाई नेपालले जोड्दिनुपर्ने कूटनीतिज्ञ डा. राजन भट्टराईले बताउनुभयो ।

आज हुने प्रतिनिधि मण्डल स्तरीय वार्तामा विभिन्न विषयमा सहकार्यका लागि चीनसँग समझदारी गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button