तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची र इन्द्रावतीमा पानीको धारा उद्घाटन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ ।

आयोजनाबाट मेलम्ची १३ फटकशिलाका ३ सय घरधुरी लाभान्वित भएका छन् । वर्षौँदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका ३ सय घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । मेलम्ची नगरपालिकाको २ करोड लगानीमा निमार्ण सम्पन्न आयोजनामा बोरिङबाट पानी वितरण गरिएको छ ।

नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्ची नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले पानी ट्याङ्की र धारोको संरक्षण गर्नका निम्ति स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले दक्षताको आधारमा काम बाँडफाँड गर्नुपर्नेमा जोड दिनुभयो ।

दिगो लाभ लिनको लागि संस्थागत हिसाबले लाग्न पनि प्रमुख अर्यालले उपभोक्ताहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button