वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ: मन्त्री पौडेल
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमान खोलाले शुक्रवार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताउनुभयो ।

उहाँले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी विरुद्ध भ्रम फैलाइएको दाबी गर्नुभयो ।
मन्त्री पौडेलले आगामी निर्वाचनमा आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गर्नुभयो । हिजोको स्थितिमा माओवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुदृढ भएको उहाँको दाबी छ ।
माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले पार्टी निर्माण गर्न पार्टीको विचारलाई सही तरिकाले जनतामा पुर्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश समिति सदस्य प्रेम घर्तिमगर, राजीव घिमिरे, चन्द्र अर्याल, नरेन्द्र छन्त्याल लगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्