कास्की जिल्ला अदालतको ढोका फोड्ने व्यक्ती पक्राउ

कास्की । बुधवार मध्ये राती कास्की जिल्ला अदालतको ढोका फोड्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
लागू पदार्थ खान नपाएकै कारण अदालतको मूल ढोका फोडेर एक युवा अदालत प्रवेश गरेको प्रहरीले जाएको छ । अदालतमा म्याद थपका लागि लगिँदा मुचुल्का गरी नष्ट गर्न राखिएका लागूपदार्थ देखेका अर्जुन परियार (दावा)ले लागू औषध पाइने आशामा रडको प्रयोग गरी ढोका फोडेर अदालतका मिसिल फाइलहरू समेत छरपष्ट पारेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताउनुभयो ।
घटनाबारे जानकारी पाएसँगै अनुसन्धान थालेको कास्की प्रहरीले अन्ततः अर्जुनलाई पक्राउ गर्न धेरै समय लगाएन । पहिले पनि पटक पटक यस्ता मुद्दामा पक्राउ परेका अर्जुनलाई प्रहरीको सूक्ष्म अनुसन्धानले सहजै पक्राउ गरेको हो । पक्राउ परेका पोखरा १५ टुटुंगा बस्ने २७ वर्षीय परियारलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
परियारले अदालतको मूल भवन भन्दा पछाडिको भवनमा तोडफोड गरेर मिसिलहरू खोतल्ने काम गरेको स्वीकार गरेका छन् । २७ वर्षीय परियारले आफूले लागूपदार्थ खोजी गर्नका लागि अदालतको ढोका फोडेर भित्र प्रवेश गरेको परियारले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । पक्राउ परेका परियार यसअघि पनि विभिन्न मुद्दामा ७ पटक सम्म पक्राउ परेका थिए ।
यसअघि उनी २०७६ चैत ९ गते लागू औषध कसुरमा कारागारबाट थुनामुक्त भएका थिए । जिल्ला अदालतको भवनमा रहेको ६ नम्बर इजलासमा रहेको फाँटमा पसेर मिसिलहरू खोतलिएको भेटिएको तिवारी बताउनुभयो । जिल्ला अदालतको ठिक अगाडि वडा प्रहरी कार्यालय छ । चौबिसै घण्टा प्रहरी सुरक्षामा हुने अदालतको अगाडि गेटमा प्रहरीको २४ सै घण्टा ड्युटी हुन्छ । तर ,मध्यरातमा पछाडिको भागबाट अदालतभित्र बस्ने काम भएकाले अदालतको सुरक्षाका लागि विशेष पहल गरिने एसपी रमेश थापाले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्