एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहनुभएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डामा छलफल हुने एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्