राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्